प्रादेशिक संरचनामा आज र भाेलीकाे माैसमी विवरण, मनसुन सक्रिय हुन केहि दिन लाग्ने

काठमाडाैं । जल तथा माैसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार आज र भाेली मुलुककाे माैसमी अवस्था सामान्य तथा केही प्रदेशहरूमा आंशिक वर्षा हुने छ । नेपालमा मनसुन सक्रिय हुन अझै केहि दिन लाग्ने छ ।

हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु, पश्चिमको भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्र, पश्चिमी वायू साथै पूर्व-पश्चिम बनेको न्युन चापीय रेखा र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।

जसअनुसार प्रदेश १,बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका भू-भागमा सामान्य बदली रही बाँकी प्रदेशका भू-भागमा आंशिक बदली रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा हल्का बर्षा भइरहेको छ।

जेठ २९ गते (बिहीबार)

दिउँसोः प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली साथै बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा र कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र प्रदेश ५ का थोरै स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

आज राती प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश ,प्रदेश नं ५मा सामान्य बदली तथा कर्णाली र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का केही स्थानमा साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको महाशाखाकाे पूर्वानुमान छ ।

जेठ ३० गते (शुक्रबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का केही स्थानमा साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ।

भने, रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का केही स्थानमा साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षा हुने अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *