कोरोना जोखिम रोकथामका लागि प्रदेश सरकार अलमलमा छैन : मुख्यमन्त्री राई

विराटनगर । कोरोना भाइरसको जोखिम र चुनौतीलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।

प्रदेश नम्बर १ प्रदेशसभा बजेट अधिवेशनको ११ औँ बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्न तथा जिज्ञासा र संशोधन प्रस्तुतिकर्ता सांसदहरूद्वारा उठाइएका विषयका सम्बन्धमा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।

कोरोना भाइरसको प्रकोप बढिरहेका बेला नयाँ संरचना निर्माण गर्न असम्भव रहेको भन्दै हरेक जिल्लामा रहेका जिल्ला अस्पतालहरूको क्षमता अभिवृद्धि गरेर जाने प्रदेश सरकारको लक्ष्य रहेको उनको भनाई छ ।

उनले भने विराटनगरस्थित कोसी अस्पताललाई प्रदेशको मातहतमा ल्याई र झापाको मेची अस्पतालको स्तरोन्नति गरी प्रादेशिक अस्पतालकोरुपमा विकास गर्ने प्रदेश सरकारको योजना रहेको छ ।

लकडाउनको स्वरूप परिवर्तन गरेर आवश्यक भौतिक दुरी कायम राखी सम्पूर्ण विकास निर्माणका कार्यहरूलाई निरन्तरता दिने मुख्यमन्त्री राईले बताए । विकास निर्माणका कार्यहरूलाई निरन्तरता दिन कार्यान्वयन गर्न योग्य दस्तावेजकोरुपमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तयार पारिएको उनले स्पष्ट पारे ।

उनले भने प्रमुख ‘चुनैतीकोरुपमा रहेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि प्रदेश सरकार अलमलमा नहरेको र कोरोना भाइरसको रोकथाम तथा न्यूनीकरणका लागि प्रदेश सरकारले चरणबद्धरुपमा स्वास्थ्य, सुरक्षा र उपचार सम्बन्धी कार्ययोजना अनुरूप कार्य गरिरहेको छ । ’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *