नेपालको हीत विपरित अभिब्यक्ति दिने सांसद सरिता गिरीलाई कारवाही गर्न युवासंघको माग

काठमाडौं । सांसद सरिता गिरीलाई कारवाही गर्न सत्तारुढ नेकपाको राष्ट्रिय युवा संघ नेपालले पनि माग गरेको छ । सांसद गिरीलाई कारवाहि गर्न नेपाल तरूण दलले पनि माग गरेकाे छ ।

युवा संघले आजै विज्ञप्ति जारी गर्दै संघीय संसद सदस्य तथा जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरीले संघीय संसद तथा विभिन्न सञ्चार माध्यमहरूमा राष्ट्रिय हीत र सीमानाको सुरक्षा विपरित दिएको अभिव्यक्ति प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै कारवाहीको माग गरेको हो ।

राष्ट्रिय युवा संघले सरिता गिरीलाई नेपालको संविधानको धारा ५ बमोजिम नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता, स्वाभिमान, नेपालीको हक हितको रक्षा, सीमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हीतको आधारभूत विषय हुन् भनि संविधानले परिभाषित गरेको र धारा ४८ ले संविधानको पालना गर्ने कर्तव्य समेत तोकिदिएको तथ्य स्मरण गराएको छ ।

संसदको सदस्य निर्वाचित भई कार्यकाल संहाल्नु अघी संविधानको संरक्षण र पालना गर्ने शफत खाएको साँसदले नेपालको सार्वभौम सत्ता, अखण्डता र राष्टिय एकताको विरुद्धमा सार्वभौभ संसद लगायत सार्वजनिक सञ्चार माध्यममा दिएको अभिव्यक्तिले जनप्रतिनिधिको हैसियतले नेपालि जनताको प्रतिनिधित्व गर्ने संवैधानिक र नैतिक हैसियत समेत गुमाएको संघको ठहर छ ।

‘साँसद गिरीको यस खालको अंसवैधानिक, राष्ट्रहित प्रतिकुल एवम देशको स्वाभिमानमाथि आँच आउने अभिव्यक्ति र राष्ट्रहित विपरितको हर्कतको राष्ट्रिय युवा संघ नेपाल घोर आपत्ति र भत्र्सना गर्दछ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

संघले गैर जिम्वेवार व्यक्तिलाई सँसद सदस्यवाट अविलम्व फिर्ता वोलाउन सम्वन्धीत राजनीतिक दललाई भनेको छ । त्यसै गरि यस्तो गैर आचरण र कार्य गर्ने निजलाई कानून बमोजिम कारवाहि गर्न माग गरेको छ ।

युवा संघले पछिल्लो समय मुलुकका विभिन्न स्थानहरुमा घटेका प्रतिनिधिमुलक घटनाहरुमा समेत संगठनको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै रुकुमको चौरजहारी तथा रुपन्देहीको गाईफार्ममा घटेका विभत्स घटनाहरुमा मिहिन र निष्पक्ष अनुसन्धान गरी दोषीउपर कडा कारवाही गर्न र घटनाको वस्तुगत अनुसन्धान गरी फेरी यस्ता घटना दोहोरिन सरकारको ध्यानाकर्षण गराएको छ ।

यसैगरी अछामको बयलपाटा अस्पतालको जागिरबाट निकालिएका सिदार्थ आउजीको आत्मदाह प्रकरणले अस्पतालको असंमबेदनशिलता र राज्यको उत्तरदायित्वमाथि निर्मम प्रश्न खडा गरेको बताएको छ । अतः अस्पताल प्रशासनमाथि छानविन गर्न र आउजीको परिवारमा क्षतिपुर्तिको व्यवस्था गर्नसमेत माग गर्दै संगठनका तर्फबाट उनको परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *