सांसद सरिता गिरीलाई सांसद पदबाट मुक्त गर्न तरुण दलको माग

काठमाडौं । सांसद सरिता गिरीको अभिब्यक्ति प्रति नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलले आपत्ति जनाउँदै गिरीको सांसद पद मुक्त गर्न भनेको छ ।

तरुण दलले आज एक विज्ञप्ति जारी गर्दै एक टेलिभिजन अन्तरवार्तामा संघीय सांसद सरिता गिरीले आफनो पदीय मर्यादा विपरीत नेपालका भूमिहरु लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालका होईनन भनेर दिएको अभिव्यक्ति प्रति गम्भीर ध्यान आकर्षण भएको बताएको हो ।

केहि दिन अघि सांसद गिरीले नेपालका भूमी लिपुलेक, लिम्याधुरा तथा कालापानीलाई नेपालको भूमी हैन भनेर अभिब्यक्ति दिएकी थिइन् ।

अतिक्रमित भूमि नेपालको नक्सामा समावेश गरी निशान छाप सच्याउनका लागि संविधान संशोधनको प्रक्रिया अगाडी बढेको अवस्थामा सांसद गिरीले उक्त भूमि नेपालको नभएको भनी सार्वजनिक रुपमा टेलिभिजन मार्फत अन्तरवार्ता दिनु मुलुकको स्वतन्त्रता, राष्ट्रिय अखण्डता, स्वाभिमान, राष्ट्रिय एकता विरुद्धको अभिव्यक्ति भएको तरुण दलको ठहर छ ।

इतिहास देखि पुर्खाहरुले बचाएको एक ईन्च भूमि पनि अतिक्रमण भएमा नेपाल तरुण दललाई मान्य नहुने जानकारी दिँदै राष्ट्रियताको सवालमा नेपाल तरुण दलले कसैसंग पनि सम्झौता नगर्ने तरुण दलको भनाई छ । ‘सांसद सरिता गिरीले संसदमा नेपालको राष्ट्रिय गौरवको रुपमा रहेको नेपाली सेनाको विषयमा विवादास्पद अभिव्यक्ति दिएको तर्फ समेत नेपाल तरुण दलको ध्यान आकर्षण भएको छ । नेपाल तरुण दलले यस्ता अभिव्यक्ति सच्याउन जोड्दार माग गर्दछ ।’ तरुण दल केन्द्रीय अध्यक्ष जितजंग बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

तरुण दलले केपी ओली नेतृत्वको नेकपाको सरकार, सभामुख तथा सम्बन्धित संस्थाहरु राष्ट्रियताको विषयमा झण्डै तीन करोड नेपाली जनतालाई चोट पर्ने गरी बोलेकोमा संसद पदबाट निलम्बन गर्ने देखि हदै सम्मको कारबाही गर्ने प्रक्रिया थाल्नुको सट्टा मौन बस्नु नेपाल तरुण दललाई असैह्य भएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *