सिरहाका पहिलो संक्रमितसहित २० जनाले जिते कोरोना, फर्किए घर

लहान । सिरहाको धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाइ मेमोरियल अस्पतालबाट २० जना कोरोनालाई जितेर घर फर्किएका छन् । उक्त अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका २६ मध्ये एकैदिन २० जना कोरोनाबाट मुक्त भएर घर फर्किएका हुन् ।

अस्पतालका मेसु डा सुभाष मण्डलका अनुसार विभिन्न मितिमा कोरोना सङ्क्रमण पुष्टि भई अस्पतालको आइसोलेसनमा उपचार भइरहेकामध्ये सिरहाका १९ र सप्तरीका एक जना उपचारपश्चात निको भएर घर फर्किएका हुन् । मंगलबार डिस्चार्ज हुनेमा जेठ ३ गते संक्रमण पुष्टि भएका सिरहाको पहिलो संक्रमित युवादेखि सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीका सुरक्षा गार्डसमेत रहेका छन् ।

निको भएकालाई अस्पतालका मेसुसहित चिकित्सकले फूलमाला लगाएर घर पठाउनुभएको थियो । बाँकी छ जनाको पनि स्वास्थ्य अवस्था समान्य रहेको र उहाँहरु पनि केही दिनभित्रै उपचारपश्चात घर फर्किने मेसु डा मण्डलको भनाइ छ । यस्तै एकैदिन सिरहामा थप १२ कोरोना सङ्क्रमित थपिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *