नेपाली सेनाद्वारा कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन सम्बन्धी डेमो प्रदर्शन
२०७७ जेठ २७ गते

विराटनगर । नेपाली सेनाले कोरोनाबाट मृत्यु भएकाको शवलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा डेमो प्रदर्शन गरेका छन् ।
पूर्वी पृतना हेडक्वार्टर कार्यालय अन्तर्गत धनकुटा जिल्ला स्थित बरख गण र नं २ फिल्ड एम्बुलेन्स गुल्मले संयुक्तरुपमा नम्बर २ बाहिनी हिले ब्यारेकमा उक्त गणका सेनानी पुष्प घलेको कमान्डमा मङ्गलवार डेमो प्रदर्शन गरिएको हो ।
एक जना कमान्डरसहित ९ जनाले कोभिड १९ बाट सङ्क्रमित भई मृत्यु हुनेको शवलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्ने सम्बन्धी डेमो प्रदर्शन गरेका हुन् ।
कोभिड १९ को प्रतिकार तथा रोकथामका लागी सरकारद्वारा नेपाली सेनालाई प्राप्त कार्यदेश अनुरूप उक्त कार्य सम्पादनको योजना स्वरूप शव व्यवस्थापन सम्बन्धी डेमो प्रदर्शन गरिएको पूर्वी पृतना सूचना तथा जनसम्पर्क शाखाले जानकारी दिएको छ ।

२०७७ जेठ २७ गते
प्रतिक्रिया
सम्बन्धित









