चितवनका कोरोना संक्रमितको अन्त्येष्टि

चितवन । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट ज्यान गुमाएका भरतपुरका एक पुरुषको बागेश्वरी सामुदायिक वनमा अन्त्येष्टि गरिएको छ । बागेश्वरी सामुदायिक वनभित्र उनको धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।

नेपाली सेनाको कालिबहादुर गणमा कार्यरत सैनिकहरुको टोलीले भरतपुर अस्पतालको आइसीयूमा रहेको शवलाई उक्त स्थानमा लगेर जमिनमा गाडेर अन्त्येष्टि गरेका हुन् ।

हिजो नारायणी सामुदायिक अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमण पुष्टि भएका ती व्यक्तिलाई साँझ भरतपुर अस्पताल पुर्याइएको थियो । उनको आज बिहान मृत्यु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *