निजी अस्पताललाई राष्ट्रियकरण गरौँः कांग्रेस सचेतक राई

विराटनगर । निजि स्वास्थ्य क्षेत्रले नागरिकको मौलिक अधिकारको हकमा कुनै राम्रो काम नगरेको भन्दै नेपाली कांग्रेसका सचेतक सुयर्माराज राईले नीजि अस्पतालहरुलाई राष्ट्रियकरण गनुपर्ने बताएका छन् ।

मंगलबार प्रदेश नम्बर १ सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन । सचेतक राईले भने, ‘नीजि क्षेत्रले नागरिकको मौलिक अधिकारको हकमा र देशको पक्षमा काम गरेको छैन । त्यसैले निजि अस्पताललाई राष्ट्रियकरण गरौँ ।’

उनले कृषि क्षेत्रमा विकर्षण भएका कारण कृषि क्षेत्र डामाडोल भएको पनि बताए । कृषि क्षेत्रतर्फ आर्कषण गर्नका लागि ९३ जना संसदहरुले अनिवार्य कृषि खेति गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘सरकारको लगानी, कानुन, मापदण्ड र निर्देशिकामा माननियहरुको प्रत्यक्ष संलग्नतामा कृषि कार्यक्रम र कृषि खेति योजना नीति तथा कार्यक्रममा समोवश गरियोस् ।’

सांसदहरु आफैँ लागेर यो क्षत्रेको सम्भावनालाई खोजी गरी यस क्षेत्रमा लागे भोलि आम नागरीक कृषि पेसामा आकर्षित हुने उनको भनाइ छ । उनले प्रदेशको आयातका दरलाई घटाएर सन्तुलित गर्न सकियो भने र भविष्यमा निर्यात गर्न सकिने लक्ष्यलाई सन्तुलन गर्न सकियो भने प्रदेश नम्बर १ का जनता भोकै मर्नु नपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twelve =