वीपी प्रतिष्ठानबाट २८ कोरोना संक्रमित डिस्चार्ज

सुनसरी । आज धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । प्रतिष्ठानमा उपचारपछि उनीहरु आजबाट घर फर्किएका हुन् ।

प्रतिष्ठानका प्रवक्ता प्रा.डा. निदेश सापकोटाले २८ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएको बताएका छन् । उपचारका लागि भर्ना भएका उनीहरुको स्वास्थ्य पेटोकल अनुसार पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएपछि डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेहरुमा १८ देखि ५६ वर्षका पुरुषहरू रहेका छन् । उनीहरु सबै झापा जिल्लाको रहेका छन् । प्रतिष्ठानमा अब ५५ जना कोरोना संक्रमितहरूको उपचार भइरहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *