गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि

काठमाडौं । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा थप २४ जना जनामा कोरोना पृष्टि भएको हो ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १२, बाग्लुङमा ११ र म्याग्दी जिल्लामा १ जनामा कोरोना संक्रमण देखिएको छ । नयाँ संक्रमितमा पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकाका ४० देखि १८ वर्ष उमेर समूहका १२ जना पुरुष रहेका छन् ।

यसैगरी यस्तै बाग्लुङको बरेङ गाउँपालिकाका १८ देखि ४९ वर्षीय ८ जना पुरुष, जिल्लाकै निसीखोला गाउँपालिकामाका २१ देखि २७ वर्षीय पुरुष र म्यादीको बेनी नगरपालिकाका ४६ वर्षीय पुरुषमा पनि कोरोना देखिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएका सबैलाई जिल्ला अस्पतालका आइसोलेसनमा लैजाने तयारी भइरहेकोे प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । २४ जना थपिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या १४४ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *