सुदूरपश्चिममा थप ३७ जना कोरोना संक्रमित

डडेल्धुरा । सुदूरपश्चिममा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार थप ३७ जनामा कोरोना पुष्टि भएको सुदूरपश्चिम स्वास्थ्य निर्दशनालयका मेडिकल अधिकृत डा. भुषण मिश्रले जानकारी दिए ।

सोमबार संक्रमण पुष्टि हुनेहरुमा कञ्चनपुरमा शुक्लाफाँटा नगरपालिकाका एक, भीमदत्त नगरपालिकाका पाँच र पुनर्वास नगरपालिकाका १३ गरी १९ जना, दार्चुलामा शैल्यशिखर नगरपालिकाका आठ, लेकम गाउँपालिकाका एक र महाकाली नगरपालिकामा एक गरी १० जना रहेका छन् ।

यस्तै, डडेल्धुराको अमरगढी नगरपालिकाका दुई, परशुराम नगरपालिकाका तीन र नवदुर्गा गाउँपालिकाका एक गरी सातजना, कैलालीको जानकी गाउँपालिकाका एकजना रहेका छन्

योसँगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको १४७ पुगेको छ । हालसम्म दुई जना संक्रमितको मृत्यु भएको छ भने १८ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *