चितवनमा थप सात जनामा कोरोना संक्रमण

चितवन। चितवनका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै भरतपुर महानगरपालिका भित्रका हुन् ।

भरतपुर महानगरपालिकाको वडा नम्बर २८ मा २ जना, २७ मा २ जना तथा वडा नम्बर २०, १९ र ११ मा १र१ जनामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले बताए ।

यसअघि महानगरमा ४ जनामा संक्रमण पुष्टि भएको थियो । आज मात्रै भरतपुर महानगरका क्वारेन्टिनका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा आज ३० जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =