पर्साका थप ८ जनामा देखियो कोरोना सङ्क्रमण

काठमाडौं। पर्सामा कोरोना भाइरसका थप ८ जना नयाँ सङ्क्रमित बिमारी फेला परेका छन्। वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ८ जनामा सङ्क्रमण देखिएको हो। सङ्क्रमित २५ वर्षे एक जना महिला र २० देखि ५५ वर्ष समूहका ७ जना पुरुष रहेका छन्।

सङ्क्रमित सबै जना पर्साको जगरनाथपुर गाउँपालिका-६ का बासिन्दा हुन्। गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ३४ जना व्यक्तिहरूको गत जेठ २२ गते स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको थियो। त्यसमध्ये ८ जनाको रिपोर्ट पोजेटिभ पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए।

भारतबाट फर्किएका उनीहरू स्थानीय सन्ठी क्वारेन्टिनमा बसेका थिए। भारतबाट आएका ३३ जना र उनीहरूको सम्पर्कमा आएका थप १ गरी जम्मा ३४ जना क्वारेन्टाइनमा रहेका थिए। अब सङ्क्रमितहरूलाई वीरगन्जमा रहेको गण्डक कोभिड अस्पतालमा ल्याउने तयारी भइरहेको सहायक प्रजिअ बस्नेतले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *