मानसिक सन्तुलन गुमाएकी एक महिलाको उद्धार

विराटनगर । होल्डिङ क्षेत्रबाट मानसिक सन्तुलन गुमाएकी एक महिलाको उद्धार गरिएको छ ।

विराटनगरस्थित डिएभी स्कुलमा रहेको होल्डिङ क्षेत्रमा बस्दै आइरहेकी मानसिक सन्तुलन गुमाएकी एक महिलाको आज उद्धार गरिएको हो । थ्रोट स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएपश्चात मानव सेवा आश्रममा उद्धार गरी लगिएको हो ।

जेष्ठ १३ गते नेपाल–भारत सिमा नाका खुलेसँगै भारतबाट आएका नेपालीसँगै बसमा आएकी उनलाई आफ्नो नाम मात्रै थाहा छ । उर्मिला नाम बताउने उनी आफ्नो घर परिवारको विषयमा अनविज्ञ छिन् ।

उक्त होल्डिङ क्षेत्रमा भारतका विभिन्न स्थानबाट सयौंको संख्यामा मान्छे आउने भएकाले स्वास्थ्यमा असर पर्ने हँदा उनलाई स्वस्थ्य सुरक्षाका लागि मानव सेवा आश्रममा पठाइएको सुर्यदल गणका सहसेनानी खड्गबहादुर निरौलाले बताए । निरौलाको अनुुसार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेलको सहजीकरणमा उक्त आश्रममा पठाइएको हो ।

हालको कठिन परिस्थितिलाई मध्यनजर गर्दै अधिकांश उद्धार गरिएकाहरुलाई कोरोना जाँच गराएर मात्रै मानव सेवा आश्रम लैजाने गरिएको आश्रमका संयोजक नवराज केसीले जानकारी दिए । उनले भने, ‘कतिपय आश्रममा मानिस उद्धार गर्न आउनेहरु कोरोना परिक्षण गर्न हिचकिचाहट गर्ने गर्नुहुन्छ । त्यसमा पनि पढेलेखेका बुझनेले नै रोगलाई लापर्वाही तरीकाले लिनुहुन्छ ।’

कोरोना त्रास, लकडाउनको कठिन परिस्थितिमा अधिकांश महिलाहरु यौन दुर्व्यवहारमा पर्ने भएकाले धेरै जस्तो सडकमा बस्ने महिलाहरुको स्वास्थ्य परिक्षण गर्दै उद्धार गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − four =