तेस्रो मुलुकबाट आएका ४१ जनालाई आ–आफ्नो जिल्लामा समन्वय गरेर पठाइने

विराटनगर । लकडाउनको कारण विदेशमा अलपत्र परेका प्रदेश नम्बर १ का ४१ जना होल्डिङ एरियामा आइपुगेका छन् ।

 

तेस्रो मुलुकबाट प्लेन चाटर्ड गरेर म्यानमार र युएईबाट शुक्रवार काठमाडौँ आएका उनीहरूलाई नेपाली सेनाको रोहबरमा शनिवार सुनसरीको चतरास्थित जगदगुरु श्री रामानन्दाचार्य सेवा पीठ होल्डिङ्ग क्षेत्रमा ल्याएको हो । म्यानमारबाट आएका २ महिला र युएईबाट आएका २ महिलासहित ३७ पुरुष रहेका छन् ।

जसमध्ये झापाका १४ जना, मोरङका ११, सुनसरीका ५, इलामका ३, सङ्खुवासभाका १, ओखलढुङ्गाका २, ताप्लेजुङका १,उदयपुरका २ र भोजपुरका १ जना गरी जम्मा ४१ जना रहेको छन् ।

मोरङ र झापाको व्यक्तिहरूलाई आ–आफ्नो जिल्लामा लगिएको छ । मोरङका ११ जनालाई सुर्यदल गणका सहसेनानाी खड्गबहादुर निरौलाको रोहबरमा जिल्ला ल्याएको छ । भने उनीहरूलाई आ–आफ्नो गाउँपालिकाको क्वारेन्टाईनमा बुझाइएको सहसेनी निरौलाले जानकारी दिए ।

चतरास्थित रामनन्द पीठ सेवा आश्रमलाई प्रदेश सरकारले तेस्रो मुलुकबाट आएकाहरूका लागि होल्डिङ एरिया बनाएको छ । उक्त होल्डिङ एरियामा आइपुगेकाहरूलाई सम्बन्धित जिल्लामा समन्वय गरेर पठाइने प्रदेश सरकारद्वारा गठित होल्डिङ तथा तथा व्यवस्थापन उपसमितिका सदस्य रवि खनालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *