भक्तपुरमा एक सुत्केरीलाई कोरोना संक्रमण

काठमाडौं । भक्तपुर बस्ने एक सुत्केरीमा कोरोना संक्रमण पुष्टि भएको छ । भक्तपुर कमल विनायकमा डेरा गरी बस्ने ३० वर्षीया सुत्केरी महिलामा शनिबार कोराना संक्रमण पुष्टि भएको हो ।

शनिबारको नियमित अपडेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुरकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको बताएको थियो । संक्रमित महिला सुत्केरी भएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुष्टि गरे ।

प्रजापतिका अनुसार उनको जेठ २१ गते मध्यपुर अस्पतालमा सिजरिङ डेलिभरी गरिएको थियो । उनी हाल कोटेश्वरमा आफन्तसँगै बस्दै आएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *