आइसियुमा मृत्यु भएकाको रिपोर्ट नेगेटिभ

चितवन । भरतपुर अस्पतालको आइसियुमा शनिवार बिहान मृत्यु भएका माडी–६ कल्याणपुरका २७ वर्षीय पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा उनको स्वाब परीक्षण गरिएको थियो । उनको सिजर र निमोनियाका कारण मृत्यु भएको अस्पताल स्रोतले जानकारी दियो ।

ती युवक भारतबाट एक साता अघि मात्रै माडी आएका थिए । उनलाई माडी ५ को दिवाकर स्मृति विद्यालय रमाइलो डाँडाको क्वारेनटाइनमा राखिएको थियो ।

मृतक पुरुष सवारी दुर्घटनामा परेर उपचारका लागि भारत गएका थिए । उनलाई अस्तिदेखि ज्वरो आइरहेको थियो ।

उनको ढाड भाँचिएर प्यारालाइसिस भएको थियो । लगातार १०१ डिग्री भन्दा धेरै ज्वरो आएपछि माडी बाट भरतपुर अस्पताल ल्याइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *