पोखरासहित गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना पुष्टि

काठमाडौं । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पताल चितवनको प्रयोगशाखामा गरिएको परीक्षणमा थप १७ जना जनामा कोरोना पृष्टि भएको हो ।

नयाँ संक्रमितमा स्याङ्जामा १०, कास्की र पूर्वीनवलपरासीमा ३-३ जना तथा बागलुङमा १ जना छन् । स्याङ्जाको वालिङ नगरपालिकाका १६ वर्षदेखि ५४ वर्षका ८ पुरुष, हरिनास गाउँपालिकाका १८ र ४० वर्षका दुई पुरुष छन् । त्यस्तै बाग्लुङको ताराखोला गाउँपालिका ३९ वर्षीय पुरुषमा कोरोना देखिएको छ ।

कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ वर्षीय पुरुष, पोखरा महानगरपालिकाका ५९ वर्षीय पुरुषमा संक्रमण देखिएको छ भने नवलपरासी बर्दघाट सुस्ता पूर्वको बिनय त्रिवेणी गाउँपालिकाका १८,१९ र २७ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

कोरोना संक्रमण पुष्टि भएका सबैलाई जिल्ला अस्पतालका आइसोलेसनमा लैजाने तयारी भइरहेकोे प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । १७ जना थपिएसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ७५ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *