सौराहामा ३५ करोडको सिटी हल बन्दै, जिससद्वारा अनुगमन

चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा सिटी हल निर्माणको काम तीव्र पारिएको छ । संघीय सरकारबाट विनियोजित रकमबाट रत्ननगर ७ सिसुवारमा झण्डैं एक हजार जना अट्ने क्षमताको सिटी हल निर्माण तीव्र पारिएको हो ।

ठुलो आयोजना भएकाले लकडाउनका वेला पनि लगातार काम भईरहेको रत्ननगरका मेयर नारायण वनले जानकारी दिए । कुल ३५ करोड २२ लाख ७० हजार ८१४ रुपैयाँ लागतमा एउटा मिनिहल सहितको सिटी हल निर्माण गर्न लागिएको हो । ठुलो आयोजना भएकाले वि.सं. २०७९ वैशाख २१ गते सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

लकडाउन भएपनि निर्माणको जिम्मा पाएको रेलिगेर कन्स्ट्रक्सन प्रालि ललितपुरले निर्माण स्थलमै कामदारलाई बसोबासको व्यवस्था गरेर काम गरिरहेको छ । सौराहा सिटीहल सहित रत्ननगरका झण्डै दुई दर्जन योजनाहरुको शुक्रबार प्रदेश सभा सदस्यसहितको उपस्थितीमा जिल्ला समन्वय समिति चितवनले अनुगमन गरेको छ ।

त्यस्तै सौराहाको पप साईड राप्ती नदि किनारमा तटवन्धन, वकुलहर रत्ननगर अस्पताल, रत्ननगरका निर्माणाधिन वडा कार्यालयहरु, इको टुरिजम पार्क लगायतको अनुगमन गरिएको थियो । ति योजनाहरुका बारे रत्ननगरका मेयर नारायण वनले अनुगमन टोलीलाई जानकारी गराएका थिए ।

टोलीमा बागमती प्रदेश सभा सदस्य कृष्ण प्रसाद खनाल,जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, रत्ननगरका मेयर नारायण वन, जिसस समन्वय अधिकारी चुडामणी शर्मा गौतम, जिसस सदस्य लिलादेवी पोखरेल लगायत प्राविधिक र पत्रकारहरु सहभागी थिए ।

शुक्रबार नै जिल्ला समन्वय समिति चितवनका उपप्रमुख मुना श्रेष्ठको संयोजकत्वमा भरतपुर महानगरपालिकाभित्रका योजनाहरुको अनुगमन सुरु गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =