भारत–नेपाल पत्रकार युनियनको एकता सम्बन्धी बैठक सम्पन्न

धरान । गएको जेठ १७ गते संम्पन्न भारत–नेपाल पत्रकार युनियनको पहिलो बैठक सम्पन्न भएको छ । युनियनका राष्ट्रिय अध्यक्ष संजय गुप्ताको अध्यक्षतामा बिहिबार भारतको बिहार शिवहरमा सम्पन्न भएको छ । भारत–नेपाल पत्रकार संघका पदाधिकारीहरू र बीएनपीयू अर्थात भारत–नेपाल पत्रकार युनियन मिडिया काउन्सिल बोर्डका अधिकारीहरू बीच विशेष बैठक भएको हो ।

बैठकमा विनोद पाण्डे, मुकुन्द कुमार अग्रवाल, दशरथ भण्डारी, राजु कुमार सोनी, आरएस कुमार र काउन्सिल बोर्डका एहसान दानिश, राजु कुमार सोनी र एहसान दानिश पनि उपस्थित रहेका थिए ।

संगठनका अन्तराष्ट्रिय अध्यक्ष कुमुद कुमार चौधरी सामाजिक संजाल व्हाट्सएप मार्फत अन्तराष्ट्रिय उपाध्यक्ष भरतराज शर्मा, राष्ट्रिय अध्यक्ष संजय गुप्ता, राष्ट्रिय उपाध्यक्ष अरुण कुमार साह, कार्यकारी सदस्य हरिकान्त गुप्ता, भारतका राष्ट्रिय सचिव रमेश कुमार, बिहार प्रदेश अध्यक्ष किशन कुमार ठाकुर, बिहार राज्य उपाध्यक्ष राजा कुमार साह लगायत नवनिर्वाचित पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

सोहि कार्यक्रममा प्रमुख अतिथि पूर्व जिल्ला पार्षद अजबलाल चौधरी, शिवहर विधानसभाका भाजपाका भावी उम्मेद्वार भाजपा महासचिव राधाकान्त गुप्ताले उद्घाटन गर्दै संगठनलाई सुदृढ पार्ने र साहसिक पत्रकारिता गर्ने सल्लाह दिए ।

उक्त अवसरमा सञ्चारकर्मीहरुलाई मास्क तथा सेनिटाइजर वितरण गर्दै उनले पत्रकार चौथो अङ्ग भएकोले समाजमा जागरूकता र सचेतना ल्याउन महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले समाज र देश निर्माणमा विद्यमान विक्रिति विसंगतिको खबरदारीका लागि पत्रकारिताको विकल्प नभएको बताए । प्रशासनलाई समाजको ऐना भनिएपनि अहिलेको समयमा पत्रकारहरूले उचित सम्मान नपाएको प्रति दुखः ब्यक्त गरे ।

उक्त अवसरमा शिवहरको पत्रकारिता क्षेत्रमा जिल्लाभरिमा राम्रो काम गर्ने र कम्पनीमा पहिलो स्थान पाएका पत्रकार मनोजकुमार सिंहले भारत–नेपाल पत्रकार संघको कामको प्रशंशा थरे । उनले समाचार पारदर्शी ढंगले प्रस्तुत गर्नुपर्ने र सोहि प्रस्तुतिले पत्रकारिता झल्किने बताए भने, नेपाल–भारतविच पत्रकारिताका माध्यमबाट धेरै काम गर्न सकिने बताए ।
कार्यक्रममा हालसालै अनलाइन मतदानबाट विजयी भएका उम्मेदवारहरूलाई अन्तराष्ट्रिय अध्यक्ष र राष्ट्रिय अध्यक्षले प्रमाणपत्र प्रदान गरेका थिए ।

संगठनलाई सुदृढ र जिम्मेवार बनाउन चुनाबमा पराजय भएका मुकेश गौरवलाई सहायक अन्तराष्ट्रिय अध्यक्ष र प्रजान मिश्रालाई सहयोगी राष्ट्रिय अध्यक्ष त्यस्तै सुधीर कुमारलाई सहयोगी राष्ट्रिय अध्यक्ष मनोनीत गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *