म्यानमारबाट काठमाडाैं आइपुगे २६ नेपाली
२०७७ जेठ २३ गते

काठमाडौं । आज (शुक्रबार) बिहान म्यानमारबाट २६ जना नेपाली काठमाडाैं आइपुगेका छन् । म्यानमार सरकार र नेपाली दूतावासको पहलमा त्यहाँको सैन्य विमानले नेपालीहरुलाई काठमाडौं अवतरण गराएको हो ।
यो विमानले नेपालमा रहेका २६ जना म्यानमारका नागरिकलाई लिएर फर्कने छ । लकडाउनपछि चीनबाट ल्याइएका नेपालीहरुपछि औपचारिक रुपमा नेपाल फर्किँदै गरेको यो पहिलो समूह हो । सरकारले पहिलो चरणमा २५ हजार नेपालीलाई विदेशबाट उद्धार गर्ने तयारी थालेको हो ।
त्रिभुवन विमानस्थलमा ओर्लिएपछि उनीहरुलाई होल्डिङ सेन्टमा पुर्याएर त्यहाँबाट सेनाले घरसम्म पुर्याउने छ । सेन्टरमा उनीहरुको थप व्यक्तिगत विवरण पनि संलकन गरिनेछ ।
म्यानमारमा अहिलेसम्म २ सय ३६ जना संक्रमित देखिएका छन् । संक्रमितमध्ये ६ जनाकाे मृत्यु भएकाे छ भने १ सय ४८ जना उपचारपछि संक्रमणमुक्त भइसकेका छन् ।
२०७७ जेठ २३ गते
प्रतिक्रिया
सम्बन्धित








