सामुदायिक सर्पदंश प्राथमिक उपचार केन्द्रको शिलान्याश

विराटनगर । सामुदायिक सर्पदंश प्राथमिक उपचार केन्द्रको भवन शिलान्याश गरिएको छ । कटहरी गाँउपालिका-५ स्थित सूर्य दल गण थलाहा व्यारेक परिसरमा रहेको २ कठ्ठा जमिनमा निर्माण गर्न लागिएको सर्पदंश प्राथमिक उपचार केन्द्रको भवन शिलान्याश गरिएको हो ।

बिहिबार एक कार्यक्रमकाबीच कटहरि गाउँपालिकाका मेयर रामकुमार कामत, जहदा गाउँपालिकाका मेयर कैलाश मण्डल साथै सूर्यदल गणका गणपती प्रमुख सेनानी रघुनाथ पौडयाल लगायतले संयुक्तरुपमा पुजापाठ गरी शिलन्यास गरिएको हो ।विराटनगर–३ का समाजसेवी राजेन्द्र खनालले सामुदायिक सर्पदंश प्राथमिक उपचार केन्द्र भवन निर्माणका लागि जग्गा उपलब्ध गराएका हुन् । प्राथमिक उपचार केन्द्र भवनका लागि प्रदेश नम्बर १ सामाजिक विकास मन्त्रालयले २० लाख रुपैँया बजेट विनियोजन गरिएको सूर्यदल गणका सहसेनानी क्याप्टेन खड्ग बहादुर निरौलाले जनकारी दिए ।

शिलान्यास कार्यक्रममा बोल्दै कटहरि गाउँपालिकाका मेयर कामतले एकता भएर काम गरे काम सम्पन्न हुने बताए । उनले आफ्नो कार्यकाल अवधिभर उक्त भवन निर्माण कार्य सम्पन्न गर्ने साथै सिलिङ बजेट उक्त भवनका लागि छुटयाइने प्रतिबद्धता जनाएका छन् ।तराई क्षेत्रमा सर्पको डसाईबाट समयमा उपचार नपाउँदा र अन्ध विश्वास तथा झारफुकले गर्दा वर्षेनी धेरैले अकालमा ज्यान गुमाउन परेको कारण यस क्षेत्रमा सर्पदंश उपचार केन्द्रको आवश्यकता खड्किएको सर्पदंश उपचार मुल समितिकी कोषाध्याक्ष रेखादेवी सरदारले बताईन् ।

कटहरी, ग्रामथान, रंगेली, सुनवसरसी र रतुवामाई नगरपालिका स्थानीय बासिन्दाहरलाई समेटेर उक्त सर्पदंश केन्द्र निर्माण गर्नका निमित्त विराटनगर– १३ का राजेन्द्र खनालले सो जग्गा उपलब्ध गराएका हुन् । उक्त उपचार केन्द्रमा नेपाली सेनाको दक्ष स्वास्थ्यकर्मी तथा सो क्षेत्रका समुदायबाट व्यवस्थापन हुनेछ ।को हुन राजेन्द्र खनाल
विराटनगर ३ का राजेन्द्र खनाल बुद्धोदय सहकारी संस्थाका अध्यक्ष हुन् । बुवा स्व. अग्नि खनाल र आमा छलमाया खनालको कोखबाट २०२४ सालमा तेह्रथुम सोल्मामा जन्मेका हुन् ।

जन्म दिने बुवाआमाको स्मृतिमा २ कठ्ठा जमिन सामुदायिक सर्पदंश तथा प्राथमिक उपचार केन्दलाई उपलब्ध गराएको उनले बताए ।

गत जेष्ठ २४ गते सर्पले डसेर धनपालथान गाउँपालिका २ नम्बर वडाका अध्यक्ष बलिराम भगतको समयमा उपचार नपाएर निधन भएको कारण उक्त क्षेत्रमा सर्पदंश उपचार केन्द्रको आवश्यकतालाई मध्यनजर गर्दै सुर्यदल गणका गणपति प्रमुख सेनानी रघुनाथ पौडयालको विचारको सम्मान स्वरुप उक्त जग्गा उपलब्ध गराइएको खनालले बताए ।

उनले भने ‘मेरो या ठाँउमा परिवारसँगको लामो बसाई छ, साथै जिविकोपार्जन थलाहामा नै भएकाले यो समुदायका लागि केहि गर्नपर्छ भन्ने लागेर जग्गा दिने निर्णय गरेको हो ।’ उक्त कार्यका लागि सामाजिक विकास मन्त्री जीवन घिमिरे थप प्रेरणा दिएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *