तरकारी, फलफूल ढुवानी तथा बिक्री वितरणमा अवरोध पुर्‍याउनेलाई कारबाही गरिने : गृह

 

काठमाडौं । तरकारी, फलफूल ढुवानी तथा बिक्री वितरणमा अवरोध पुर्‍याउनेलाई कारबाही गरिने गृह मन्त्रालयले जनाएको छ । गृहले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो कार्य गर्ने जो कोही कारबाहीको भागिदार हुनुपर्ने भन्दै चेतावनी दिएको हो ।

‘नेपाल सरकारबाट स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी गराई तरकारी, फलफूल लगायतका वस्तुहरूको उत्पादन, संकलन, ढुवानी र विक्री वितरण सहजीकरण भइरहेको हुँदा यस कार्यमा अवरोध सिर्जना गर्नु कानुनविपरीत हुने, यस्ता कार्य गर्ने जो कोही पनि दण्ड सजायको भागीदार हुनुपर्नेछ’, विज्ञप्तिमा भनिएको छ ।

संक्रामक रोग ऐन, २०२०को दफा २ बमोजिम गत चैत ११ गते नेपाल सरकारले तरकारीलाई अतिआवश्यक खाद्यवस्तुको रूपमा लिइ निर्वाध रूपमा ढुवानी गर्ने व्यवस्था मिलाएको थियो।

मन्त्रालयले आवश्यक वस्तुहरूको उत्पादन, संकलन, ढुवानी र विक्री वितरण गर्ने कार्यमा स्थानीय प्रशासनबाट अवरोध नभएको दाबी गरेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *