कृषिमा आधुनिकीकरण : कृषकलाई आधुनिक मिनी हलो

थम्मन थापा-

बागलुङ । गलकोट नगरपालिका-७ मल्ममा कृषकहरुलाई मिनी हलो (कल्टिभेटर), प्लास्टिक टनेल तथा बीउ विजन सामग्री वितरण गरिएको छ । गलकोट नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ को बजेट बाट नगर सँगको सहकार्यमा कृषकहरूलाई प्रोत्साहनको लागि उक्त सामग्री सहयोग गरिएको गलकोट नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुबेदार टिका बहादुर थापाले बताए ।

सहयोग अन्तर्गत ५ वटा कृषि समूहलाई मिनी हलो कल्टीभेटर,  प्लास्टिक टनेल,  उन्नत जातको बिउ–विजनहरू उपलब्ध गराइएको वडा अध्यक्ष थापाको भनाई छ । वडामा रहेका कृषकहरूलाई कृषि क्षेत्रमा सहजता होस र कृषि उत्पादनको क्षेत्रमा अब्बल बनाउँदै लैजान र कृषि क्षेत्रमा प्रोत्साहित गर्न उक्त सामग्रीहरू उपलब्ध गराइएको कृषि तथा पशु विकास समिति गलकोट नगरपालिका वडा नं ७ का अध्यक्ष पीताम्बर गौतमले बताए । वडा भित्रका १४ वटा कृषि समूह सहित अन्य कृषकहरूलाई ५० प्रतिशत अनुदानमा बीउ बिजन, प्लास्टिक टनेल र मिनी हलो कल्टीभेटर प्रदान गरिएको समितिका सचिव रत्न बहादुर मल्लले जानकारी दिए ।

कृषकहरूलाई उक्त सामग्री उपलब्ध गराउन ६ लाख रुपैयाँ खर्च गरिएको सचिव मल्लले बताए । उपलब्ध सामग्रीले किसानहरूलाई बेमौसमी तरकारी उत्पादन गर्न तथा आधुनिक कृषि तर्फ आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । वडामा प्रत्येक वर्ष कृषकहरूलाई बीउबिजन, प्लास्टिक टनेलसहित मिनी हलो कल्टिभेटर वितरण गर्दै आएको गलकोट नगरपालिका वडा नम्बर ७ का वडा सदस्य लोक बहादुर थापाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *