धरानमा आगलागीमा परेर आमाछोरीको निधन (भिडियाे सहित)

धरान । सुनसरीको धरानमा आगलागी हुँदा आमाछोरीको जलेर निधन भएको छ । धरान उपमहानगरपालिका–१५ को स्विमिङ पुल नजिकै रहेको नरबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा उनकी  आमा र बहिनीको जलेर मृत्यु भएको हो ।

आगलागीमा परि नरबहादुर श्रेष्ठको आमा ८७ वर्षीय धनकुमारी श्रेष्ठ र बहिनी ५८ वर्षीय बोल्न नसक्ने सीता श्रेष्ठको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार  मृतक दुवै जनाको शव घरको तलामाथि जलेको अवस्थामा भेटिएको छ ।

आगलागी के कारण भयो खुल्न सकेको छैन । प्रहरीले विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरेको छ । आगो नियन्त्रणका लागि धरान उपमहानगरको दुई वटा दमकल, प्रहरी र स्थानीयवासी लागेका थिए । अहिले आगलागी  नियन्त्रणमा आइसकेकाे प्रहरीले जनाएकाे छ ।

१०ः२६ मा अद्यावधिक गरिएकाे

भिडियाे, स्राेतः महेश्वर राईकाे फेसवुकबाट साभार

https://www.facebook.com/makalukhabar/videos/1187781128233333/

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *