नोवेल अस्पतालमा सुनसरीका सबै पत्रकारले ५० प्रतिशत छुटमा उपचार पाउने

विराटनगर । विराटनगरस्थित नोवेल अस्पतालले सुनसरी जिल्लामा क्रियाशिल पत्रकारहरुलाई ५० प्रतिशत छुटमा उपचार सेवा दिने भएको छ । नेपाल प्रेस युनियन सुनसरीको पहलमा नोबेल अस्पतालले ५० प्रतिसत छुटमा सुनसरीका सबै पत्रकारहरुलाई उपचार सेवा दिने भएको हो ।

नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन युनियनको अगुवाईमा नोवेल अस्पतालसँग भएको सहमतिमा जिल्लाका सबै पत्रकारहरुलाई उक्त सुविधा हुनेछ ।

प्रेस युनियन सुनसरी सभापति पवन अधिकारीका अनुसार जिल्लाका जुनसुकै मिडिया हाउसमा कार्यरत पत्रकारहरुले पनि नोवेल अस्पतालमा ५० प्रतिशत छुटमा उपचार गर्न पाउँनेछन् । ‘नोवेल अस्पतालसँग जुनसुकै रोगको उपचार गराउनका लागि पनि ५० प्रतिसत छुट गर्ने सम्झौता भएको छ ।’ अधिकारीले भने ।

नोवेलमा छुटमा उपचार गराउन जानका लागि प्रेस युनियन सुनसरीको सिफारिस भने आवश्यक हुन्छ । युनियनले नोवेलसँग एक वर्षकालागि उक्त सम्झौता गरेको हो ।

सम्झौता पत्रमा नोबेल अस्पतालका प्रबन्ध निर्देशक सुनिल शर्मा, प्रशासकीय अधिकृत दिपेश राईले हस्ताक्षर गरेका छन् भने प्रेस युनियनको तर्फबाट अध्यक्ष अधिकारी र सचिव निशान प्रकृति थारुले हस्ताक्षर गरेका छन् । सम्झौतापछि नोबेलका प्रबन्ध निर्देशक शर्माले व्यवसायिक रुपमा सहयोग गरौँ भनेर सम्झौता गरिएको बताए । डा. शर्माले प्रेस युनियन सुनसरीले जिल्लाका सबै पत्रकारहरुलाई समेटेर लैजानुपर्ने बताए ।

सम्झौता अनुसार प्रेस युनियनले सुरुमा जिल्लाका सबै पत्रकारहरुको नाम लिस्ट पठाउने र पछि उपचार गर्ने बेलामा सिफारिस पठाउने भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *