एकाविहानै गण्डकी प्रदेशमा थपिए १६ कोरोना संक्रमित

काठमाडौं । आज विहान मात्रै गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।

सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको सूचना अनुसार बाग्लुङ, स्याङ्जा, म्याग्दी र पर्वतमा गरी थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा बागलुङको निसीखोला गाउँपालिकाका वर्ष २२ र २९ का २ जना पुरुष तथा वर्ष ३३ की १ जना महिला छन् ।
बाग्लुङको बडीगाड गाउँपालिकाका वर्ष १६, २०, २१ र २५ का ४ जना पुरुष र बाग्लुङकै गल्कोट नगरपालिकाका २०, २२ र २३ का ३ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार पर्वतको फलेबास नगरपालिकाका वर्ष २१ का २ जना पुरुष र पर्वतकै बिहादी गाउँपालिकाका २४ र २८ वर्षका २ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

यता स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका वर्ष १८ का १ जना पुरुष र म्याग्दीको मंगला गाउँपालिकाका वर्ष १९ का १ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको डा. शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उनीहरु सबैलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी गरिएको छ । योसँगै मुलुकमा कोरोना संक्रमितको संख्या २९४ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *