कोरोना नियन्त्रणमा खटिएका व्यक्तिमाथि दुर्व्यवहार गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्न गृहको निर्देशन

काठमाडौँ । कोरोना नियन्त्रणमा खटिएका व्यक्तिमाथि दुर्व्यवहार गर्ने जो कोहीलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालयले निर्देशन दिएको छ ।

कोरोना भाइरस कोभिड १९) को नियन्त्रणका लागि खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतका व्यक्तिमाथि दुव्यवहारका घटना बढीरहेका बेला गृहले यस्तो निर्देशन दिएको हो ।

गृहले बुधवार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र जारी गर्दै स्वास्थ्यकर्मीलाई कुटपिट गर्नेलाई कारबाही गर्न निर्देशन दिएको हो ।

परिपत्रमा महामारी नियन्त्रणको काममा अग्रपङ्क्तिमा खटिएका सबै राष्ट्र सेवकको मनोबल उच्च पार्न कार्यस्थलमा सुरक्षाको वातावरण निर्माण गर्न भनिएको छ भने सुरक्षामा विशेष चनाखो भएर अवाञ्छित, गैर कानुनी र अभद्र व्यवहार गर्नेहरूलाई तत्काल नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गर्न भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *