अमेरिकामा कोरोनाको मृत्युदर घट्यो, विश्वभर साढे २९ लाख मानिस निको भए

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका २९ लाख ३ हजार मानिस कोरोना निको भएर घर फर्केका छन् ।

पछिल्लो विवरण अनुसार २९ लाख ३ हजार ३ सय ९४ जना कोरोनाबाट निको भएका हुन् । अहिले उपचार गरिरहेका अधिकांश संक्रमितको अवस्था पनि सामान्य रहेको छ । बढी प्रभावित इटली र स्पेनमा नयाँ संक्रमणमा तुलनात्मक रुपमा कमी आएको छ ।

चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर विश्वभर ३ लाख ७७ हजार ४ सय २ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ६३ लाख ६५ हजार ३ सय भन्दा धेरै छ ।

अमेरिकामा मृत्युदर घट्यो
कोरोनाले सबैभन्दा बढी प्रभावित भएका अमेरिकामा पछिल्लो दुई दिनयता संक्रमणबाट हुने मृत्यु घटेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा अमेरिकामा ६२३ जनाको मृत्यु भएको हो । अघिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ६३० जनाको मृत्यु भएको थियो ।

अमेरिकामा क्रमशः मृत्यु हुनेको संख्या कम हुँदै गएको छ । अमेरिका विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित देश हो । पछिल्लो २४ घण्टामा थप ६२३ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ६ हजार ९१९ पुगेको हो । कुल संक्रमितको संख्या १८ लाख ५८ हजार ६३७ छ ।

ब्राजिलमा कोरोना भाइरसको महामारीले २९ हजार ९ सय ३७ जनाको मृत्यु भएको छ । एकै दिन ११ हजार ६२८ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ५ लाख २६ हजार ४७७ पुगेको छ । २ लाख ८५ हजार ४६० जनाको उपचार भइरहेको छ भने २ लाख ११ हजार ८० जना संक्रमण मुक्त भएका छन् ।

रुसमा कोरोना भाइरसबाट ४ लाख १४ हजार ८७८ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १६२ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४ हजार ८५५ पुगेको छ । २ लाख ३४ हजार १४६ जनाको उपचार भइरहेको छ भने १ लाख ७५ हजार ८७७ जना संक्रमणमुक्त छन् ।

छिमेकी मुलक भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार ६ सय ८ पुगेको हो । भारतमा कुल संक्रमितको संख्या २ लाख नजिक पुगेको छ भने संक्रमितमध्ये ९५ हजार ७५४ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *