भर्चुअल रूपमा आयोजना गरियो जोन्टा क्लबको छैठौं वार्षिक साधारण सभा

काठमाडौँ । जोन्टा क्लब काठमाडौंले जेठ १८ गते आइतबार आफ्नो छैठौं वार्षिक साधारण सभा भर्चुअल रूपमा आयोजना गरेको छ । उक्त क्लबले औपचारिक रूपमा बाइएनीयम २०२०—२०२२ का लागि बोर्ड सदस्यहरूलाई स्वागत गरेको थियो जुन अध्यक्ष जोन्टियन सीमा गोल्छाको नेतृत्वमा रहेको छ ।
बोर्डमा आगमन हुनेहरूमा जोन्टियन आभा शाह, जोन्टियन कमल केशरी तुलाधर, जोन्टियन मृदुला राजभण्डारी र जोन्टियन मुन प्रधान रहेका छन् ।
गत वर्ष जोन्टाले गरेको कामहरूका भिडियो, प्रिजेन्टेसन र रिपार्टहरु पनि प्रस्तुत गरिएको थियो जसमा शिक्षाप्रतिको काम, महिला हिंसाविरुद्ध, बालविवाह अन्त्यका लागि अभियानहरू र विभिन्न वकालत र सशक्तीकरण कार्यक्रमहरू समावेश गरिएको थियो । तत्कालीन भूपी अध्यक्ष जोन्टियन मिरा ज्योतिलाई सफल कार्यकाल पूरा भएकोमा आभार प्रकट गरिएको थियो । सोही समयमा क्लबमा पाँच जना नयाँ सदयस्यहरु पनि सम्मिलित भएका थिए ।
जोन्टा इन्टरनेशनलको सेन्टेनीयल रङ्ग, निलो रङ्गको पहिरनमा सजिएका ५० भन्दा बढी सदस्यहरूको सहभागीताका साथ वार्षिक साधारण सभा सफल र समृद्ध सत्र बन्यो । सम्पूर्ण सत्र जोन्टा इन्टरनेशनलको प्रोटोकल र मार्ग निर्देशन अनुसार आयोजना गरिएको थियो ।








