दैनिक ज्यालादारीका श्रमिकलाई डा. कोइरालाद्वारा २४० क्विन्टल चामल वितरण

मोरङ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले दैनिक ज्यालादारीका श्रमिकहरुलाई खाद्यान्न वितरण गरेका छन् । उनले आफु संरक्षक रहेको नोना कोइराला स्मृति प्रतिष्ठान मार्फत सुन्दरहरैंचा नगरपालिकाका सबै वडाका दैनिक ज्यालादारी श्रमजीवी मजदूरहरुका लागी खाद्यान्न गरेका हुन् ।

आज डा. कोइरालाले उक्त क्षेत्रमा २ सय ४० क्विन्टल चामल वितरण गरेका छन् ।

तस्विरः डा. शेखर काेइरालाकाे स्वकीय सचिव दिनेशचन्द्र थपलियाकाे पेजबाट

कोरोना कोभिड–१९को महामारीका कारण मुलुक लकडाउनमा रहेकाले श्रमिकहरुलाई समस्या भएको थाहा पाएपछि डा. कोइरालाले आफैं गएर ती वडाहरुमा खाद्यान्न राहत वितरण गरेका थिए ।

डा. कोइरालाले यस अघि मोरङ क्षेत्र नं. ६ का विभिन्न स्थानहरुमा स्थानीय जनताहरुलाई कोभिड–१९ बाट सुरक्षित रहन आवश्यक स्वास्थ्य सामग्री, खाद्यान्न राहत वितरण गरेका थिए ।

चिकित्सक समेत रहेका डा. कोइरालाले कतिपय स्थानहरुमा स्थानीय जनताको स्वास्थ्य परीक्षण सहित कोरोना भाइरसका बारेमा सचेतना दिएका थिए ।

हाल गृहनगर विराटनगरमा रहेका डा. कोइरालाले त्यहिँबाट मुलुकको पछिल्लो राजनीति, सामाजिक, आर्थिक परिवेशलाई विश्लेषण गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *