कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट थप दुई जनाको ज्यान गएको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाजुराकी दुई वर्षीया बालिका र दैलेखका ३७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेका हुन् ।

आइतबार बाजुराको अस्पतालको आइसोलेसनमा आइतबार बिहान मृत्यु भएको थियो । बुढिगंगा–१ की दुई वर्षीया बालिकाको सेती प्रादेशिक प्रयोगशालमा स्वाब संकलन गरि पठाइएको थियो थियो । आइतबार दिउँसो आएको रिपोर्टमा उनको कोभिड–१९ का कारण मृत्यु भएको पुष्टि भएको हो । संक्रमित बालिकाकी आमाको पनि रिपोर्ट पोजेटिभ आएको छ । बाबुको भने नेगेटिभ छ ।

ती बालिका आमाबुवासँग एक साताअघि भारतको नयाँदिल्लीबाट आएकी थिइन्। चार दिनअघि बालिकाका आमाबुवाले उनलाई अस्पताल ल्याएका थिए । मृतक बालिका आमा र बुवालाई जेठ १५ गते आइसोलेशनमा राखिएको थियो । तीनै जनाको स्वाब धनगढी पठाइएको थियो ।

त्यस्तै हिजो (शनिबार) बिहान दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा ३७ वर्षीय पुरुषको मृत्यु भएको थियो । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले शनिबार मृत्यु भएका युवकको नतिजा पोजेटिभ आएको जानकारी दिएका थिए ।

तीन दिनअघि युवकको स्वाब परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो । उनको दुल्लु नगरपालिका–७ मा रहेको क्वारेन्टिनमा मृत्यु भएको हो ।

थप २ जनाकाे मृत्यु भएसँगै नेपालमा काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या ८ पुगेकाे छ । हालसम्म संक्रमित संख्या १५६७ पुगेको छ । जसमध्ये २२० जना उपचारपछि निको भइसकेका छन् । १ हजार ३ सय ४९ जना विभिन्न अस्पतालमा उपचाररत छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *