आइसोलेसनमा ज्यान गुमाएकी बालिकामा कोरोना पुष्टि, मृतकको संख्या ८ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।

आइतबार बाजुराको अस्पतालको आइसोलेसनमा आइतबार बिहान ज्यान गुमाएकी बुढिगंगा–१ कीदुई वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ पुगेको हो ।

मृतक बालिकाको सेती प्रादेशिक प्रयोगशालमा स्वाब संकलन गरि पठाइएको थियो थियो । आइतबार दिउँसो आएको रिपोर्टमा उनको कोभिड–१९ का कारण मृत्यु भएको खुलेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले मकालु खबरलाई जानकारी दिए ।

निर्देशक डा. अवस्थीका अनुसार मृतक बालिकाकाे आमामा पनि संक्रमण देखिएकाे छ । उनका बुवाको भने  रिपोर्ट नेगेटिभ छ । ती बालिका आमाबुवासँग एक साताअघि भारतको नयाँदिल्लीबाट आएकी थिइन्।  चार दिनअघि बालिकाका आमाबुवाले उनलाई अस्पताल ल्याएका थिए । मृतक बालिका आमा र बुवालाई जेठ १५ गते आइसोलेशनमा राखिएको थियो । तीनै जनाको स्वाब धनगढी पठाइएको थियो ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *