प्रदेश २ मा थप ६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । प्रदेश २ मा थप ६० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

त्यहाँको विभिन्न जिल्लामा रहेका क्वारेन्टाइनमा रौतहटमा २९ जना, धनुषा २१ जना, सर्लाहीमा १० जनामा संक्रमण पुष्टि भएको हो । उनीहरु सबैको स्वाब टेकुस्थित प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

यद्यपी संक्रमण पुष्टि भएकामध्ये कतिपय दोहोरिएको केस पनि हुन सक्ने प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी विजय कुमार झाले बताए । ‘रिपिटेड केससहित टोटल ६० हो । थप कतिजना हो भन्ने हामी अनुसन्धान गर्दैछौँ’, उनले मकालु खबरसँग भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *