तेस्रो दिनमै डिस्चार्ज भइन् काेराेना संक्रमित गर्भवती महिला      

चितवन । चितवनको भरतपुर अस्पतालमा उपचार गराएकी कोरोना संक्रमित गर्भवती महिला डिस्चार्ज भएकी छन् ।

हेटौंडा घर भएकी २५ वर्षीया गर्भवती महिला कोरोना संक्रमण पुष्टि भएको तेस्रो दिनमै संक्रमण मुक्त भएको अस्पतालले जनाएको छ । उनलाई अस्पतालले एक कार्यक्रमगरी बिदाई गरेको छ ।

हेटौंडाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशालाले गत जेठ १४ गते ती महिलामा संक्रमण पुष्टि भएको जनाएको थियो । उनको जाँच जेठ १० गते भए पनि संक्रमण पुष्टि भने प्रयोशालाले जेठ १४ गते मात्रै गरेको थियो । सोही आधारमा एक साता मानेर शनिबार स्वाब लिएर दुईपटक कोरोना परीक्षण गरिएको थियो ।

भरतपुर कोभिड–१९ प्रयोगशालामा शनिबार दुई पटकसम्म गरिएको आरटी पीसीआर परीक्षणमा रिर्पोट नेगेटिभ आएपछि उनी कोरोनामुक्त भएकी हुन् । हेटौंडा उपमहानगरपालिका वडा नं। १ की ती महिला पाँच महिनाकी गर्भवती छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *