कर्णालीमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । कर्णालीमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षण्मा थप १९ जनामा कोरोना पुष्टि भएको हो ।

अब कर्णाली प्रदेशमा मात्रै कोरोना संक्रमितको संख्या ७८ पुगेको छ ।

कर्णाली प्रदेशकै दैलेखमा कोरोनाकै कारण एक जनाको मृत्यु पनि भइसकेको छ ।

यस अघि शनिबार मात्रै एकै दिन १८९ जनमा कोरोना पुष्टि भएको थियो ।

१९ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४२० पुगेको छ भने कोरोनाबाट मृत्यु हुनकोे संख्या ७ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *