समाचार प्रभाव : कृष्ण श्रेष्ठको उपचारको लागि सहयोग संकलन हुँदै

  • भरतराज शर्मा (गोपाल)

धरान । सुनसरीको धरान वडा नं ५ देउराली वेलकमचोककी ५१ बर्षीय धनबहादुर श्रेष्ठको आर्थिक अभावले उपचार पुरा हुन नसकेको समाचार मकालु खबर डटकममा प्रकाशित भए पछि धरानका केही समाजसेवीहरु लगायतले सहयोग गरेका छन् ।

श्रेष्ठको घरमा पुगेर धरान १९ की समाजसेवी सुभ राईले नगद १० हजार तथा सिता वि.क.ले सोही रकममा १ हजार थप गरी प्रदान गरेकी थिईन । सामाचार प्रकाशन केही समयपछि शनिबार सञ्चारकर्मी सागर सिञ्जाली, मनिता चाम्लिङ राई तथा धरान ३ निवासी समाजसेवी सुमित्रा राई सहितको टोली घरमा पुगेर श्रेष्ठलाई सहयोग गरेका छन् ।

सहयोग रकम हस्तान्तरण गर्दै समाजसेवी राईले यस प्रकारको सहयोग अभियानलाई तिव्र रुपमा अघि बढाएर सबैले थोरैभए पनि सहयोग गर्नुपर्ने बताईन । साथै उनले श्रेष्ठको स्वास्थ्य लाभको समेत कामना गरेकी छिन् ।

यस अघि श्रेष्ठलाई उपचार तथा परिवारको जिविकोपार्जनमा सहयोग पुगोस भन्ने अभिप्रायले अपाङ्ग पुनस्र्थापना तथा असहाय सेवा केन्द्र धरानका अध्यक्ष सुनिल खड्काले आफनो संस्थाका तर्फबाट ३ हजार रुपैयाँ बराबरको औषधी प्रदान गरेका थिए भने उनकै संस्थाको तर्फबाट धनबहादुरका छोरा र छोरीका लागि अध्ययन सामग्री समेत प्रदान गरेका थिए ।

यस्तै लायन्स क्लब अफ क्यालिवर धरानका तर्फबाट १ बोरा चामल लायन्सका अध्यक्ष अम्बिका श्रेष्ठ र उनका पदाधिकारीहरुद्वारा प्रदान गरेका थिए , भने होप धरानको तर्फबाट खाद्यान्न लगाएतका सामग्री प्रदान गरेका थिए ।

हाल विभिन्न सहयोगी हरुबाट तत्कालको लागि सहयोग भएपनि श्रेष्ठ परिवारमा ठुलै सहयोगको खाँचो देखिएको छ ।

यो पनि हेर्नुहोस,

बाबु दिर्घराेगी, आमालाई प्यारालाइसिसः १५ वर्षिय किशाेरीलाई ७ जनाकाे परिवार पाल्ने चिन्ता

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *