रौतहटमा एकैदिन ५६ संक्रमित थपिए

रौतहट । रौतहटका विभिन्न पालिकामा गरी एकैदिन ५६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

शुक्रबार त्यहाँको राजपुर नगरपालिकामा ३३ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य शाखा प्रमुख मो. कहफुल वाराले जानकारी दिए । त्यस्तै इशनाथ नगरपालिकामा १५ जनामा संक्रमण पुष्टि भएको सूचना तथा सञ्चार प्रविधि अधिकृत कृष्णा नन्दन कुमारले पुष्टि गरे ।

त्यसैगरी त्यहाँको मौलापुर नगरपालिकामा ६ जना र बोधिमाई नगरपालिकामा २ जना संक्रमण पुष्टि भएको छ । आज थप ५६ जनामा संक्रमण पुष्टि भएसँगै रौतहटमा संक्रमितको संख्या १८१ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *