शिक्षामा १ खर्ब ७१ अर्ब ७१ करोड बजेट, विद्यालयमा निःशुल्क दिवा खाजाका लागि मात्रै ७ अर्ब ५२ करोड विनियाेजन

काठमाडौं । सरकारले नेपालको शैक्षिक क्षेत्रको सुधार गर्न शिक्षा मन्त्रालयमा १ खर्ब ७१ अर्ब ७१ करोड बजेट बिनियोजन गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले संघीय संसदमा आर्थिक वर्ष २०७७–७८ को वार्षिक बजेट संसदमा प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

त्यस्तै विद्यालयमा निःशुल्क दिवा खाजाका लागि ७ अर्ब ५२ करोड विनियोजन गरिएको छ । यसबाट २८ लाख बालबालिका लाभान्वित हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *