स्वास्थ्य पूर्वाधार विकासका लागि १२ अर्ब ४६ करोड

काठमाडाैं । सरकारले सबै स्वास्थ्यकर्मीको ५ लाखको विमा गर्ने भएकाे छ । काेराेना राेकथाम र उपचारमा फ्रन्टलाइनमा रहने तथा अन्य सबै स्थ्यकर्मीलाइ ५ लाखकाे विमा गरिएकाे छ । सरकारले ३ सय शय्याको सरुवारोग अस्पताल  निर्माण गर्ने भएकाे छ ।

सबै प्रदेशका राजधानीमा सरुवारोग अस्पताल निर्माण गरिनेछन् । १२ अर्ब ४६ करोड स्वास्थ्य पूर्वाधार विकासका लागि विनियाेजन गरिएकाे छ । तत्काल चाहिने औषधि र उपचार कम हुन नदिन ६ अर्ब बजेट छुट्याइएकाे छ ।

स्थानीय तहमा २ सय ७२ अस्पताल स्थापना गर्न १४ अर्ब २७ करोड छुट्याइएकाे छ । ३ वर्षभित्र सबैको स्वास्थ्य विमा  गरिने भनिएकाे छ। सबै स्थानीय तहका ४० प्रतिशतलाई स्वास्थ्य विमाको दायरामा ल्याउनका लागि  ७ अर्ब विनियाेजन गरिएकाे छ ।

प्रदेश र स्थानीय तहलाई १ खर्ब २२ अर्ब बाँडफाट हुने अनुमान गरिएकाे छ । प्रदेशलाई ५५ अर्ब १९, स्थानिय तहलाई ९० अर्ब समानीकरण अनुदानकाे घाेषणा गरिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 7 =