भारतबाट आएका ३० जना कपिलवस्तुको क्वारेन्टाइनबाट भागे

काठमाडौं । भारतबाट फर्किएका ३० जना कपिलवस्तुको क्वारेन्टाइनबाट भागेका छन् । क्वारेन्टाइनमा बसेको दुई हप्तासम्म पनि कोरोनाको परीक्षण भएका थिएन ।

परीक्षण नै नभएको उनीहरु क्वारेन्टाइनबाट भागेको बुझिएको छ । कपिलवस्तु नगरपालिका– ४ मलपरवा स्थित सुन्दर प्राथमिक विद्यालयमा बसेका ३० जना सबै सोमबार राति साढे ९ बजे क्वारेन्टाइन छाडेर हिँडेका हुन् ।

क्वारेन्टाइनमा बसेका व्यक्तिहरु कोरोना जाँच नगरी आ–आफ्नो घर गएपछि स्थानीय त्रसित भएका छन् । क्वारेन्टाइनमा बसेका व्यक्तिहरु भारतको मुम्बईलगायतका शहरबाट फर्केका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *