रुखले च्यापेर एक मजदुरको मृत्यु

चितवन । हावाहुरीले ढालेको रूखले लाग्दा चितवनमा एकजनाको मृत्युु भएको छ ।

भीषण हावाहुरीले आँपटारीबाट देवघाट जाने बाटोमा रूख ढाल्दा सडक मर्मतको काममा खटिएकालाई रूखले च्यापेको थियो ।

गम्भीर घाइते भएका भरतपुर १२ का रामबहादुर विकको उपचारको क्रममा ज्यान गएको प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बाँकी घाइतेको उपचार भइरहेको छ । सडकमा काम गर्न मजदुर ट्याक्टर चढेर राजमार्गतिर निस्कँदै थिए ।

त्यहीबेला वेगले चलेको हुरीले रूख ढाल्दा ट्याक्टरसमेतलाई चेपेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 5 =