भारतबाट नेपाल आउँदै गरेका एक जनाको बाटोमै गयो ज्यान

चन्द्रौटा । भारतको गुजरातबाट नेपाल आउँदै गरेका एक नेपालीको बाटामा ज्यान गएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं ९ का ३५ वर्षीय कृष्णबहादुर गैरेको बाटामा निधन भएको हो ।

अत्यधिक बान्ता गरेका कारण उनको मृत्यु भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । मृतकसँगै बसेकाका अनुसार उनले अत्याधक मदिरा सेवन गरेका थिए ।

भारतबाट दुई बस रिजर्भ गरेर आज गैरेसहित ९१ जना नेपाल प्रवेश गरेका छन् । उनको मृत्युको सबै कारण खुल्न सकेको छैन । गैरेसहित उनीसँग सम्पर्कमा रहेका १० जनाको स्वाब परीक्षणका लागि भैरहवा पठाइएको उनले बताए । उनको शव परिवारको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *