आगलागीबाट २० लाखको क्षति

थम्मन थापा –
बागलुङ । गलकोट नगरपालिका वडा नं ७ मल्म सिरबारेमा आज दिउँसो एक घरमा आगलागी भएको छ । स्थानीय जुक्त बहादुर खड्काको घरमा आगोलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

आगलागीले घरमा रहेका अन्नपात सँगै अन्य अत्यावश्यक सामाग्री जलेर नष्ट हुँदा झण्डै २० लाख बराबरको क्षति भएको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टीका बहादुर थापाले जानकारी दिए ।

घरमा एक्कासी आगलागी भएको छिमेकीले देखेका थिए । दिउँसो सवा ४ बजे तिर आगलागी भएको आगलागी पीडित जुक्त बहादुर खड्काले बताए ।

आगलागी भएको थाहा पाए लगत्तै स्थानीयको सक्रियतामा झण्डै २ घण्टा पछि आगो नियन्त्रणमा आएको वडा सदस्य लोक बहादुर थापाले जानकारी दिए ।

आगलागीको घटनाको केही समयमा ईलाका प्रहरी कार्यालय गलकोटको टोली घटना स्थलमा पुगि मुचुल्का समेत उठाएको छ ।

आगलागी हुँदा आडैमा रहेको खडकाका भाई टेक बहादुर खड्काको घरको एका पट्टीको भाग जलेर क्षति पुगेको छ ।

घरको छानो र गाह्रो जलेको वडा सदस्य पदमा नेपालीले जानकारी दिए । घर पूर्ण रूपमा क्षति भए पछि खड्का परिवार छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् ।

खड्काको परिवारमा श्रीमती, २ छोरा, बुहारी र नाति नातिनी गरी ६ जना रहेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *