महालक्ष्मी लाईफका कर्मचारीहरुको कोरोना बीमा

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना भाइरस बिमा गराएको छ । कोरोना भाइरसको विश्वव्यापी संक्रमणबाट नेपाल पनि प्रभावित हुँदै गइरहेको छ। देशभरीको ४० भन्दा बढी जिल्लामा संक्रमण फैलिसकेको छ ।

सरकारले तोकेको अत्यावश्यक सेवामा बीमा सेवा पनि पर्ने र कोरोनाको संभावित जोखिमबाट पीडित नेपालीहरुलाई राहत र सुरक्षित गर्न बीमा व्यवसाय गर्नु आवश्यक पनि देखिएको छ।

यस्तो प्रतिकुल र असुरक्षित वातावरणमा कम्पनीका विभिन्न शाखा र उपशाखाहरुमा कार्यरत कर्मचारीहरु बीमा व्यवसाय संचालन गर्ने क्रममा बीमाशुल्क संकलन तथा बीमा सम्बन्धी कार्य गर्नको लागि फिल्डमा जानु पर्ने र विभिन्न व्यक्तिहरुको सम्पर्कमा आउने भएकोले कोरोनाको संक्रमणको खतरा हुने तथ्यलाई विचार गरी कर्मचारीहरुको बीमा गरिएको लाईफ इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्ना देशभरीका ६० शाखा र उपशाखा अन्तर्गत कार्यरत सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गरेको छ।

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबाट गरिएको कोरोना बीमाको विमाङ्क रकम प्रति कर्मचारी १ (एक) लाखको रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *