ब्राउन सुगरसहित तीन जना पक्राउ

धरान । धरानमा ब्राउन सुगर सहित तीन जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका वडा नं १३ बाट लागुऔषध ब्राउन सुगर र बिभिन्न ट्याब्लेट सहित शनिबार राती ३ जना पक्राउ परेका हुन् ।

धरान–१३ को एक घरबाट लागुऔषध बेचबिखन भईरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा सोहि वडाका २६ बर्षीया समिया लिम्बु, २९ बर्षीय मन्दिप मगर र धरान १५ का ४३ बर्षीय घनश्याम राई रहेका छन् । उनीहरुलाई ३ ग्राम ब्राउन सुगर र १५० ट्याबलेट नाईट्रोजन तथा ८३ हजार नगद सहित पक्राउ गरिएको हो । पक्राउ परेका तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको डिएसपी न्यौपानेले जनाए ।

पक्राउ परेकाहरुको साथबाट मोबाईल २ थान समेत बरामद भएको भएको छ । पक्राउ परेका तिनै जनालाई सुनसरी जिल्ला अदालतबाट म्याद थपगरि लागुऔषध मुद्दामा अनुसन्धान अगाडी बढाईएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *