भ्रामक समाचार लेख्ने यी ७० अनलाइनको साइट बन्द, ५९ लाई सोधियो स्पष्टिकरण

काठमाडौं । विश्वभर फैलिएको कोरोना महामारीबारे भ्रामक समाचार प्रकाशित गर्ने ७० अनलाइनको साइट बन्द गरिएको छ । प्रेस काउन्सिल नेपालले चैत ११ गतेदेखि जेठ ८ गतेसम्म कोभिड-१९ बारे अफवाह फैलाउने, जथाभावी तथ्यहीन समाचार सम्प्रेण गर्ने ७० अनलाइनको साइट नेपालभर नखुल्ने गरी बन्द गरिएको हो ।

काउन्सिलका अनुसार सम्बन्धित निकायमा दर्ताबिना नै सञ्चालन गरेर जथाभावी भ्रम फैलाउने समाचार प्रकाशन गर्ने ७० अनलाइनको साइट बन्द गरिएको हो । महामारीमा पनि पत्रकार आचारसंहिता स्वअनुगमन तथा विभिन्न मिडियाविरुद्ध परेका उजुरीको सुनुवाई एवम् कारबाहीमा काउन्सिल सक्रिय छ ।

यी हुन् नेपालमा बन्द गरिएका अनलाइन :-

कारबाहीमा परेको अधिकांश अनलाइनहरुले कोरोना संक्रमण भएर उपचारका क्रममा रुपन्देहीको एक अस्पतालको भेन्टिलेटरमा रहेका गुल्मीका शिक्षकको मृत्यु भएको भन्दै भ्रमपूर्ण समाचार छापेका थिए । लकडाउनको अवधिमा ५९ वटा सञ्चारमाध्यलाई स्पष्टिकरण माग गरिएको काउन्सिलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्पष्टीकरण/जवाफ माग गरिएका/सचेत, ध्यानाकर्षण गराइएको सञ्चारमाध्यमहरु :-

यस्तै, २२ वटालाई सचेत गराइएको छ भने ४० वटालाई निर्देशन दिइएको छ । १४ वटाको ध्यानाकर्षण गराइएकोमा एउटालाई अन्तिम चेतावनी दिइएको छ ।

१३ सञ्चारमाध्यमले प्रकाशन गरेको कोरोना सम्बन्धी समाचार उपचर उजुरी परेको छ । उजुरी पर्ने सञ्चार संस्थामा न्यूज-२४, एभिन्युज टेलिभिजन, हिमालय टेलिभिजन, सगरमाथा टेलिभिजन, अनलाइन खबर, नागरिक न्यूज, सेतोपाटी र राष्ट्रिय समाचार समितिसमेत रहेका छन् ।

यी सञ्चार संस्थाविरुद्ध पर्यो उजुरी :- 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *