नारायणी अस्पतालबाट ९ कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या ७९ पुग्यो

काठमाडौं । नारायणी अस्पतालबाट ९ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । पछिल्लो दुई रिपोर्ट नेगेटिभ आएपछि ९ जनालाई शनिबार डिस्चार्ज गरिएको डा. उदयनारायण सिंहले जानकारी दिए ।

डिस्चार्ज हुनेहरुमा पर्साका ३ जना, रौतहटका ३ जना, बाराका २ जना र एक जना भारतीय नागरिक छन् ।

अब उपचार पछि घर फर्किनेको संख्या ७९ जना पुगेको छ ।

नारायणी अस्पतालमा हाल ७१ जना कोरोनाका बिरामी उपचाररत थिए । ९ जनाको डिस्चार्ज भएसँगै अब नारायणी अस्पतालमा उपचाररत संक्रमितको संख्या ६२ रहेको छ । यस्तै २५ जना गण्डक अस्पतालको आइसोलेशन वार्डमा उपचाररत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *