‘अब होटलहरु ग्राहकसँग भएको बजेटका आधारमा चलाउनुपर्छ’

  • भरतराज शर्मा (गोपाल)

धरान । लकडाउनले धराशायी भएको नेपाली पर्यटन व्यवसाय लाई कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा शुक्रवार सुनसरी उद्योग वाणिज्य संघले भर्जुअल विमर्श गरेको छ । सामाजिक सञ्जाल जुम एप्लिकेशन मार्फत भएको विमर्शमा अन्तराष्ट्रिय ग्रामिण पर्यटन विज्ञ राज बसु आमन्त्रित वक्ता थिए ।

पर्यटन व्यवसाय धराशायी भयो भनेर चिन्ता लिनु भन्दा लकडाउन पछि होटल व्यवसायको शुरुआत कसरी गर्ने भन्ने कुरामा ध्यानाकर्षण गराउँदै बसुले भने ‘अब होटल ग्राहकसँग भएको रकम अनुसार ओपन बजेटमा चलाउनु पर्छ ।’ नाफा मुलक उद्देश्यलाई थाँती राखेर पर्यटन व्यवसायलाई सुचारु गर्ने कुरामा केन्द्रीत हुनुपर्नेमा जोड दिए । उनले भने-‘पाहुना आउँदा स्वागतमा पेय पदार्थका ठाउँमा बेसार पानी, अदुवा पानी खुवाउने परिपाटी बसाउनु पर्छ ।’ कोठा, रिसेप्सन, शौचालय लगायतमा सेनिटाइज गर्नुपर्ने र आगन्तुकलाई कोरोना संक्रमण नहुने विश्वासको वातावरण बनाउन जरुरी भएको बताए ।

कोभिड– १९ ले पर्यटन व्यवसायमा पारेको प्रभाव र आगामी प्रयास विषयक विमर्शमा संघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठको स्वागत मन्तव्य राखेका थिए । विमर्शको संघका कार्यसमिति सदस्य विष्णु बरालले सहजीकरण गरेका थिए । विमर्शमा नेपालका धेरै स्थानका पर्यटनकर्मीहरुको सहभागिता थियो । उद्योग वाणिज्य महासंघ, प्रदेश १ का पर्यटन संयोजक भवेशकुमार श्रेष्ठ, होटल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष दिनेशकुमार चुकेले आफ्ना भनाई राखेका थिए ।

अन्तुडाँडा होमस्टेका रुद्र घिमिरे, वाग्लुङका पर्यटनकर्मी निलेश राजभण्डारी, धरानका पर्यटन व्यवसायी वासुदेव वराल, रञ्जना झा, कर्ण राई, झापाकी पत्रकार मनिषा चौलागाईं, खोटाङका राज लयालु, वसन्तपुरका प्रकाश श्रेष्ठ लगायतले जिज्ञासाहरु राखेका थिए । संघका कार्यसमिति सदस्य एलिना मगरको संयोजनमा भएको विमर्श २ घण्टा चलेको थियो । लकडाउनको बेला प्रविधिको प्रयोग गरि आयोजीत छलफल पर्यटनकर्मीहरुका लागि उपयोगी भएको संघका महासचिव राजेश अग्रवालले बताए ।

कोभिड-१९ का कारण मुलुकको पर्यटन ब्यवसाय सबैभन्दा बढि प्रभावित भएको छ । सरकारले चालू २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउन थालि सकेको अवस्थामा विश्वब्यापी रुपमा आएको कोरोना भाइरसले नेपालको अर्थतन्त्र नै धरासायी बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *