‘इतिहास साक्षी छ- लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भू–भाग हो’

काठमाडौं । अहिले नेपाल–भारत सीमा विवादको विषय सतहमा छ । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेत समावेश गरी नेपालको नक्सा जारी गरेसँगै विवाद सतहमा आएको हो ।

उता भारतीय पक्षले उक्त भू–भाग आफ्नो भएको दाबी गरिरहेका छन् भने यता नेपालले पनि आफ्नो अडान कायमै राखेको छ– ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो । भारतीयले हस्तक्षेप बन्द गर्नुपर्छ ।’

बलिउड तथा कलिउडका कलाकारहरुले पनि यसबारे आ–आफ्नो धारणा व्यक्त गरिरहेका छन् । सबैले आफ्नो मातृ भूमिप्रतिको माया अभिव्यक्त गरिरहेका छन्, सामाजिक सञ्जालमार्फत् ।

यस्तैमा महानायक राजेश हमालले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देश जारी गर्दै भनेका छन्, ‘इतिहास नै साक्षी छ कि, लिम्पियाधुरा, कालापानी र लिपुलेक भू–भाग नेपालकै हो । छिमेकी मित्रराष्ट्र भारतको पछिल्लो गतिविधिले हामी सबै नेपालीलाई मर्माहत बनाएको छ ।’

हमालले भारतले भूकम्पको समयमा नेपालमा नाकाबन्दी लगाएर भारतले दिएको ठूलो दुःखलाई नेपालले कहिल्यै पनि बिर्सन नसक्ने भन्दै सिमानाका विषयमा इतिहास पल्टाएर हेर्न पनि भारतलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *